सवारी दुर्घटनामा दुई जनाको जनाको मृत्यु

4

काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-७ बेसाहीस्थित सडकमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा.१ त ३७०९ नम्बरको ट्याक्टर र लु.प्र.०२-००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-५ बसन्तपुर बस्ने ४५ वर्षीय बिनोद पौडेलको मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, भजनी नगरपालिका-४ कुडीस्थित सडकमा धनौराबाट भजनीतर्फ आँउदै गरेको सु.प.प्र.०१-०१२ प १६५१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ मधुवन शिबिर बस्ने ३० वर्षीय मुकेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here