धनुषामा शिक्षकमाथि सिरिन्ज आक्रमण

439

जनकपुर– काठमाडौंमा सिरिन्ज आक्रमणका घटना बढिरहेका बेला धनुषामा एकजना शिक्षकमाथि उस्तै प्रकृतिको आक्रमण भएको छ। बिहीवार बिहान एकजना शिक्षकमाथि सिरिन्ज आक्रमण भएको हो ।

जिल्लाको ठिल्लास्थित विद्यालय गइरहेको बेला सबैला नगरपालिका–५ को बलुवा नदी नजिकै अपरिचित व्यक्तिले सुई जस्तो तिखो बस्तुले घोचेर भागेको शिक्षक मदनमणि अधिकारीले जनाए । ‘भारतीय नम्बरको मोटरसाइकलमा ती व्यक्ति आएका थिएु, उनले भने, ‘पहिले मोटरसाइकल रोक्न इशारा गरे। त्यसपछि गाली गर्दै दायाँ हातमा सुई घोचेर भागे ।’

सुईले घोचेपछि आफू एकछिन बेहोस बनेको उनले सुनाए । ‘होस खुल्दा ती ब्यक्ति भागिसकेका थिएु, उनले भने, त्यसपछि विद्यालय नगइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराएँ ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले सिरिन्ज आक्रमण नै भएको भनेर पुष्टि भइनसकेको जनाए । उनले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here