जिमेलमा अनावश्यक इमेल यसरी हटाउनु होस्

211

काठमाडौं – जिमेल अहिलेसम्मकै संसारकै सबभन्दा ठूलो इमेल सेवा प्रदान गर्दै आएको मध्य एक हो । जसको सामान्य प्रयोगकर्ताले थाहा नपाउने अनेकौं सेवा जिमेलले उपलब्ध गराउँदै आएको छ । प्रविधि र डिजिटल मार्केटिङको समयमा प्रयोगकर्ताहरूको व्यक्तिगत खातामा अनेकौं प्रवर्द्धनात्मक इमेल आइरहेका हुन्छन् । प्रयोगकर्ताहरूलाई त्यसको कुनै आवश्यकता परेको हुँदैन । यस्ता इमेललाई समयमा डिलिट नगरेको खण्डमा केही दिनभित्रै हजार पुग्छन् । अनि बेकारका इमेलले इन्बक्स भरिन्छ । इन्बक्स देखेर टाउको दुख्न सक्छ ।

अनावश्यक इमेललाई छानीछानी डिलिट गर्न पनि झर्को लागेको हुन्छ बेक्कारको समयको नाश हुन्छ । यसरी यसबाट छुटकारा पाउन सकिन्छ जसबाट तपाईं इन्बक्सको फाल्तु इमेल स्वतः डिलिट गर्न सक्छन् ।

  • सबभन्दा पहिले झबष्कितगमष्य।उचय बाट जिमेल अकाउन्टमा इमेल स्टुडियो इन्स्टल गर्नुस् ।
  • त्यो इन्स्टल भएपछि स्टेप्स फलो गर्नुस् ।
  • जिमेल अकाउन्टमा गएर इन्बक्सको कुनै एक मेसेज खोल्नुस् ।
  • त्यहाँ दाहिनेतर्फ भएको इमेल स्टुडियो आइकनमा क्लिक गर्नुस् ।
  • आफ्नो जिमेल आईडी र पासवर्डबाट लगइन गर्नुस् ।
  • लगइनपछि लिस्टमा दिइएको इमेल क्लीनअप अप्सनमा ट्याप गर्नुस् ।
  • जिमेलमा जे टास्क गर्नुपर्ने हो त्यसका लागि याड न्यु रुलमा क्लिक गर्नुस् ।
  • नयाँ रुलका रूपमा कुनै विशेष इमेल आईडीलाई मार्क गर्नुस् ।
  • कुनै विशेष इमेल आईडीबाट एक महिना वा हप्ताभित्र आएको सबै इमेल स्थायी डिलिट गर्नु भनी यस प्रोसेसमा जिमेललाई कमान्ड दिन सकिन्छ ।

यसो गरेपछि सेभ बटनमा ट्याप गर्नुस् । अब ब्याकग्राउन्डमा इमेल स्टुडियो लउन्च हुनेछ । यसो हुनेबित्तिकै जिमेलले तपाईंले सेट गर्नुभएको रुल अप्लाई गरेर तपाईंले छान्नुभएको इमेल एड्रेसबाट आएका सन्देशलाई स्वतः डिलिट गरिदिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here