प्रधानसेनापति पूर्णचन्द्र थापा न्यूयोर्क प्रस्थान

225

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्क प्रस्थान गर्नुभएको छ ।

British Armed Forces  ले आयोजना गर्ने First Women, Peace and Security (WPS) CHODS Network Meeting र संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गर्ने तेस्रो Chiefs of Defence Conference मा सहभागी हुन आज विहान ४ सदस्यीय भ्रमण दलका साथ मित्रराष्ट्र संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्दहरुको उपस्थिति रहेको थियो । यसअघि उहाँलाई हिजो जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणको दौरान उहाँले Department of Defense (DoD) मा US Armed Forces का Vice Chairman Joint Chiefs of Staff तथा DOD अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्‍न गरी प्रधानसेनापति थापा श्रावण ०१ गते स्वदेश फिर्ता हुने जनाइएको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्र संघ तथा मित्रराष्ट्र अमेरिकी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको जनाइएको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here