बाढी पहिरो अपडेट– मृत्यु हुनेको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता

85

काठमाडौं- अबिरल वर्षाको कारण आएको बाढीपहिरो र डुबानबाट अहिलेसम्म देशभर ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको हो ।

बाढीपहिरोमा परी ३८ जना घाइते छन् भने २६ जना बेपत्ता छन् । बाढी र पहिरोबाट १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

वर्षाका कारण प्रदेश १, २ र ३ सबैभन्दा बढी प्रभावित बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here