काठमाडौं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले आइतबार अपरान्हसम्म सो घटनामा परी ५१ जनाको मृत्यु भएको पनि पुष्टि गरेको छ । त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाईते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको पनि मन्त्रीपरिषद बैठकको निर्णयमा उल्लेख गरिएको छ ।



















