भारतले कोशीको ढोका बन्द गर्न दबाब दिएको समाचारले इन्स्पेक्टर भण्डारी तनाबमा !

213

शनिवार दिउँसो राष्ट्रिय समाचार समितिमा एउटा समाचार आयो कोशीको ढोका बन्द गर्न भारतको दबाव शिर्षकमा । त्यो समाचार साना तिना अन्लाईन देखि नेपालकै ठुला अन्लाईनहरुले प्रथामिकताको साथ समाचार छापे र छिन भरमै भाइरल भयो ।

भारतले ढोका बन्द गर्न दवाव दिएको समाचार हचुवाको भरमा आएको भन्दै प्रहरी प्रशासनमा हंगामा मच्चियो । भारतको कुन तहका कर्मचारीले नेपालका सशस्त्र इन्स्पेक्टरलाई फोन गरे रु प्रहरी प्रशासन बीच पनि छलफल भयो । समाचार कुनै अन्लाईनमा आएको भए झुटो हो भन्न मिल्थ्यो तर सरकारी मिडियामा आएको समाचारको कारण अहिले एउटा इन्स्पेक्टर तनाबमा छन ।

सशस्त्र प्रहरी बल भण्टाबारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीको हवला दिदै राससले लेखेको समाचार सत्य भने हैन । समाचार आए सँगै इन्स्पेक्टर अत्ताल्लिए । जिल्लाका प्रमुख जिल्ला अधिकारी देखि आफ्नो कमाण्डमा गलत समाचारले तनावमा परेको उनी बताउँछन । मैले कोही सँग यस विषयमा कुरा गरेकै छैन मलाई केहि थाहा नै हुदैन त छक्क परे भण्डारी भन्छन् ।

कसैले फोन नै गरेको छैन,म दिनभर प्रदेशका मन्त्रिहरु सँग छु केहि छिनमा भारतले दवाव दिएको भन्दै मेरो हवलामा समाचार आयो,म छक्क परे इन्स्पेक्टर सुरेन्द्र भण्डारीले भने । केहि अन्लाईनमा समाचार आए पछि मैले फोन गरे तर राससमा आएको समाचार भन्दै सबै पन्छिए । समाचार आको आकै छ उनी भन्छन् ।

मैले कोही पत्रकारहरुले सोध्दा कोशीको पानीको वहाव बाहेक केहि बोलेको छैन,राससले त मलाई अहिले सम्म फोन पनि गरेको छैन तर यस्तो समाचार एक्कासी आउँदा छक्क परे उनी भन्छन् । कोशी ब्यारेजको कन्ट्रोल रुपमा भारतीय पक्ष हुन्छन उनीहरुकै निर्णयमा मात्र बन्द गर्ने र खोल्ने काम हुन्छ अनि भारतले किन नेपाललाई दवाव दिन्थ्यो होला र रु उनी प्रश्न गर्छन ।

प्राय सबै अन्लाईनमा त्यही समाचार भाईरल भयो तर त्यो समाचार कसले लेख्यो अहिले सम्म म खोजि गरिहरेको छु इन्स्पेक्टर भण्डारी भन्छन्। भारतले दवाव दिदा म जस्तो सानो अफिसरलाई दिन्छ र रु उनी भन्छन् अनि यसरी थाहै नपाई मेरो नाम हालेर समाचार लेख्न पाईन्छ रु उनको यही प्रश्न छ । अहिले जताततै यही समाचार आएको रहेछ मैले कति जनालाई हैन भन्नु इन्स्पेक्टर भण्डारीले भने ।

(संचारपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here