लोकसेवाले गरेको विज्ञापनको विरोध गर्नुको कुनैऔचित्य छैन : चित्रबहादुर केसी

160

काठमाडौं /  राष्ट्रिय जनमोर्चा पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको  जनाएको छ ।

स्थानीय पालिकामा कर्मचारी भर्नाका लागि आह्वान गरेको स्थानीय पालिकाले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेर विज्ञापन गर्न लोकसेवालाई जिम्मा दिएकाले यसमा कसैले विरोध गरिरहनु नपर्ने जनमोर्चा पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले लोकसेवाले आह्वान गरेको विज्ञापन संविधान र कानुन विपरित नरहेको जनाउनुभयो । पालिकाले माग गरेको कर्मचारी दरबन्दी सख्या न्यून भएको र सेवा समूह पनि बेग्लाबेग्लै भएकाले त्यही अनुरुप लोकसेवाले विज्ञापन गरेको उहाँले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here