कतारसँग नेपालको लज्जास्पद हार

112

काठमाडौं /   विश्व ट्वान्टी–२० को एसिया छनोटमा नेपाल कतारसँग ४ विकेटले नेपालले हार व्यहोरेको छ ।  मंगलबार भएको खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल सस्तोमै समेटिएपछि कतारले सहज जित हात पारेको हो ।

सिंगापुरमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग नेपालले ४ विकेटको लज्जास्पद हार व्यहोरेको हो । । कमजोर टोली कतारसँग परजित भएपछि ग्लोबल क्वालिफायरमा छनोट हुँदै विश्ककपको यात्रा तय गर्ने नेपालको बाटो अप्ठेरो बनेको छ। 

नेपालका लागि ओपनिङ गरेका पारस खड्का र ज्ञानेन्द्र मल्लले राम्रो सुरुवात गरेपनि विकेटमा धेरै बेर टिक्न नसेपछि नेपालको ब्याटिङ लाइनअप कतार सामु निरिह सावित भएको हो। दीपेन्द्र ऐरीले नेपाली पारीलाई केही सम्हाल्न खोजेका थिए। तर उनी पनि ३५ बलमा ३४ रन जोडेर पेभिलियन फर्किएपछि नेपालले जम्मा १२२ रन मात्रै जोड्न सकेको थियो।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here