इन्स्टाग्रामबाटै २ करोड कमाउँने नायिका

128

एजेन्सी / सामाजिक संजाल इन्स्टाग्राम हाल सामान्य मानिसदेखि कलाकारका लागि लोकप्रिय रहेको छ । विशेषगरि, कलाकारहरुले दैनिक आफ्नो तस्वीर इन्स्टामा पोष्ट गरेर आफ्ना प्रसंशकसँग सम्बन्धित रहेका हुन्छन् । तर, केही यस्ता कलाकार पनि छन्, जसले इन्स्टाबाट करोडौ रकम कमाउँछन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको खुलेको हो ।

हालै मात्र सार्वजनिक भएको इन्स्टाग्रामको सेड्यूलिंग टूल ‘होप्पर एचक्यू’को सूचीबाट यो कुरा सार्वजनिक भएको हो । जसमा, नायिका चोपडा १९ औं स्थानमा छिन् । नायिका चोपडालाई इन्स्टामा फलो गर्नेको संख्या ४ करोड ३० लाख भन्दा बढी छन् । रिपोर्ट अनुसार नायिका चोपडाले एउटा ब्रान्डको विज्ञापन गरे वापत २ लाख ७१ हजार डलर लिदै आएकी छिन् ।

उक्त सूचीमा अमेरिकाका गायक कायनी जेनर अग्र स्थानमा रहेका छन् । जेनरले एउटा पोष्टका लागि १२ लाख ६६ हजार डलर लिने गरेका छन् । उनको १३ करोड भन्दा बढी फलोअर्स इन्स्टामा छन् । नायिका चोपडाको फ्यान भारतमा मात्र नभएर विश्वभर छन् । यहीकारणले गर्दा नै ब्रान्ड प्रमोशनका लागि उनलाई यति महंगो रकम दिने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here