विपद् व्यवस्थापन पूर्व सूचना प्रणालीवारे छलफल

233

तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकामा हुने विपदको व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीका वारेमा सरोकारवालासँग छलफल गरिएको छ ।

विपदको जोखिममा रहेकाहरुलाई जोखिमका वारेमा पूर्व सूचना कसरी सम्प्रेषण गर्ने भन्ने वारेमा छलफल गरिएको थियो । छलफलका क्रममा सहभागीहरुले जोखिमको पूर्व सूचना नहुँदा साना साना जोखिममा पनि धेरै क्षति हुने गरेको जनाएका थिए । बाढी पहिरोको समयमा उद्दार र राहतको कामलाई प्रभावकारी रुपमा अगाडि वढाउनका लागि सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो ।

तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले विपद व्यवस्थापनका लागि उपमहानगरपालिकाले गरेका प्रयासहरुको जानकारी गराएका थिए । उनले विपद पश्चात पिडितहरुलाई राहत वितरणका लागि एकद्धार प्रणालीका लागि मेयर विपद् व्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराए । ‘पिडितहरुले तत्काल राहत पाउन् भन्नका लागि हामीले कोषको समे व्यवस्था गरेका छौ’ उनको भनाई थियो । नगरप्रमुख पाण्डेले विपद व्यवस्थापन ऐन समेत वनाएर काम अगाडि वढाएको कुरामा जोड दिए । खोला किनारमा रहेको वस्तिहरुलाई आवश्यकता अनुसार स्थानान्तरण गर्ने योजनामा उपमहानगरपालिका रहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा विपदका वारेमा काम गर्दै आएको एक्सन प्लानकी लक्ष्मी अवस्थीले उपमहानगरपालिकाभित्र वाढीको जोखिममा ११ नम्वर वडाको सुकौरा,१२ को कचिला, १३ को वखरिया र १४ को मोतिपुर लगायतका क्षेत्र रहेको वताएकी थिइन् । उनले विपद न्युनिकरणका लागि योजनाका साथै कोष निर्माणमा ध्यान दिन आवश्यक रहेको वताए । विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले सबैखाले विपदका लागि उपमहानगरपालिकाले काम गरिरहेको जनाए।

अन्तक्र्रियामा विपद्का वारेमा वडाको समस्या राख्दै वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वलीले मोतिपुर वासीहरु वाढीको समयमा त्रासमा वाँच्न वाध्य भएको भन्दै उनीहरुको दीर्घकालिन रुपमा समस्या समाधानका लागि पहल गरिदिनु आग्रह गरे । वडा नम्वर १२ की सदस्य शान्ता पुनले खोलाले जमिन कटानको समस्या रहेको भन्दै तारजालीको आवश्यकता रहेको कुरामा जोडल दिइन् । उनले वाढी पहिरोको विपद मात्रै भन्दा पनि अन्य विपदको न्युनिकरणका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाई थियो ।

यसैविच पूर्व सूचना प्रणाली व्यवस्थापनका लागि नवराज लामिछानेको संयोजकत्वमा समिति समेत वनाइएको छ । समितिका सदस्यहरुमा वडा नम्वर ११ का अध्यक्ष चित्रवहादुर वली, १२ का वडा सदस्य शान्ता पुन,१३ का वडाध्यक्ष डम्वर वहादुर न्यौपाने,१४ का अध्यक्ष पर्शुनारायण चौधरी, १ का अध्यक्ष लक्ष्मण भण्डारी, सामाजिक समिति संयोजक कुमार लामिछाने, रेडक्रसका सन्तोष ढकाल, लक्ष्मी अवस्थी र सदस्य सचिवमा उपमहानगरपालिका विपद् व्यवस्थापन तथा वातावरण शाखा प्रमुख भिमप्रकाश खत्री रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here