नवलपरासी / सरकारी नम्बर प्लेटको गाडीमा आगजनी भएको छ । नवलपरासीमा एउटा जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो ।
आगजनी कसले गरेको भन्ने कुरा खुल्न आइसकेको छैन । कावासोतीको एक घरमा भाडामा बस्दै आएका बडु चढ्ने गाडी पार्किङमा राखिएको अवस्थामै आगजनी गरिएको हो। आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।
जिल्ला प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको दाबी गरेको छ।


















