युभेन्ट्सका स्टार खेलाडी डिबालाको अनुबन्धन चर्चा

134

एजेन्सी / पछिल्लो समय युभेन्ट्सका स्टार खेलाडी पाउलो डिबालाको अनुबन्धन चर्चा निकै चलेको छ । डिबालालाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गर्ने अनुमान गरिएको छ । गोल डटकमका अनुशार डिबाला शुक्रबार युभेन्ट्सको मेडिकल टेस्ट र प्रशिक्षणमा पनि नआएको बताएको छ । युनाइटेडले आफ्ना स्टार खेलाडी रोमरु लुकाकुलाई बेचेर डिबालालाई भित्राउने योजना गरेको गोल डट्कममा उल्लेख छ ।

२५ वर्षे अर्जेन्टिनी स्टार खेलाडी डिबालाले पनि पछिल्लो समय क्लब छाड्ने योजनामा रहेको उल्लेख छ । डिबाला सन् २०१५ मा पार्लेमोबाट युभेन्ट्समा आएका हुन् । उनले युभेन्ट्सका लागि १२८ लिग खेल खेल्दै ५७ गोल गरेका छन् । राष्ट्रिय टोलीका लागि भने उनले २४ खेलमा २ गोल गरेका छन् ।

युभेन्ट्समा उत्कृष्ट खेल जीवन विताइरहेका उनलाई क्लबकै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँग दाज्न थालिएको छ । डिबाला रोनाल्डोको छायामा परेको भन्दै फुटबल समर्थकले पनि पटक पटक आलोचना गर्दै आइरहेका छन् । अनुबन्धनको बारेमा भने डिबालाले कुनै पनि खालको अफिसियल जानकारी गराएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here