१५ किलो चाँदी तस्करी गर्ने पक्राउ

86

महोत्तरी / नेपाल भारत दशगजानजिकबाट सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षिय वीरेन्द्र महतोलाई सोमबार बिहान पक्राउ गरेको छ ।

मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको पैदल गस्तिले महतोलाई बिहान नियंत्रणमा लिएको हो ।

सशस्त्र निरीक्षक शुभाषचन्द्र मैनालीकाअनुसार जाँचका क्रममा बीआर ३२ एल ०६८९ नम्बरको पल्सर मोटरसाईकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेटभित्रबाट चाँदीको पोका फेला परेको थियो ।

बरामद चाँदीको बजार मूल्य १० लाख बढी हुने सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

वीरेन्द्रले चाँदी भारतको दरभंगा पुर्‍याउने जिम्मा लिएको बयानमा खुलाएका छन् । यसअघि २ पटक गरी २५ केजी चाँदी भारत छिराएको उनले स्विकारेका छन् । दरभंगाका कपिल नामका सुनचाँदी कारोबारी तथा त्यहाँका ठूला पसलमा पुर्‍याउने गरेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here