संसद बैठक केहीबेरमा सुरु हुँदै, विपक्षी दलहरु अवरोध हटाउन सहमत

211

काठमाडौं / संसद बैठक केहीबेरमा सुरु हुँदैछ । आज बसेको सर्वदलीय बैठकमा संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान नियम र स्थापित परम्परा अनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएपछि विपक्षी दलहरु सदनमा भइरहेको अवरोध हटाउन सहमत भएका छन् ।

सभामुखले  उक्त विशेष समितिमा को-को रहने भन्ने कुराको टुंगो दलको सिफारिसका आधारमा संसदबाट स्वीकृत गराउने सहमति भएको छ ।

असार ३० गते विप्लव समूहका नेता कुमार पौडेलको प्रहरीको गोली लागेर भएको मृत्यु प्रकरणको छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले सदन अवरोध गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here