शैलुङको पर्यटन विकासको लागि ‘शैलुङ यात्रा’ वृत्तचित्र प्रदर्शन हुने

737

काठमाडौं । ह्याङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ नामक वृत्तचित्र प्रदर्शन गर्ने भएको छ ।

सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले उक्त अन्तरकृयात्मक कार्यक्रम गर्न लागेको हो । हाल सम्म सो स्थानमा हजारौं आन्तरिक पर्यटक पुगे पनि भौतिक निर्माणले भने गति लिन नसकेको अवस्था रहेको छ ।

सो अवस्थालाई मध्य नजर गर्दै सो क्षेत्रमा जाने पर्यटकको सुविधाका लागि आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने उद्देश्यले तामाङ समाजले यही साउन २५ गते शनिबार कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष सरोज मोहोन तामाङले जानकारी दिएका छन ।

काठमाडौंं देखी १ सय ४० किलोमिटर पूर्वको दुरीमा पर्ने दोलखा र दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दक्षिणतर्फ पर्ने सय वटा थुम्का रहेको स्थान शैलुङमा विशेष गरी शेर्पा र तामाङ जातीको बाहुल्यता रहेको छ ।

शैलुङबाट बिभिन्न हिमालहरुको मनोरमद्दृश्यावलोकन गर्नुको साथै सो क्षेत्रबाट खुला मौसममा काठमाडौं, सिन्धुली, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लाहरुको समेत सोही स्थानबाट अवलोकन गर्न सकिने स्थानीयहरुको भनाईरहेको छ।

सो क्षेत्रको विशेषता चौरी पालन र चौंरीको दुधबाट बनेको छ्युर्पी, सेरगेम, चिज उत्पादन गरी नजिकैको मुडे बजार लगायमा बिक्री गरी आयाआर्जन गर्नु रहेको छ । साथै सो क्षेत्रमा नगदेबालीको रुपमा आलु उत्पादन रहेको छ ।

प्राय हिँउदमा मात्र गाडी जाने भए पनि अहिले भने मेलुङ गाउँपालिकाको सहयोगमा शैलुङको थुम्का भन्दा केही तल सम्म गाडीमा जान सकने गरि सडक मर्मत भईसकेको स्थानीय बिर्ख तामाङले जानकारी दिएका छन ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको शैलुङको विकास निर्माणमा कसरी जुटन सकिन्छ र सो क्षेत्रमा के के गर्न सकिन्छ भनेर समाजले विभिन्न राजनीतिक दल, पर्यटन ब्यवसायी, संघसंस्थालगायत सम्वन्धित निकायसँग अन्तरकृयात्मक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम हुने स्थान २०७६/०४/२५ गते शनिबार

स्थान : नेपाल चलचित्र बोर्डको कार्यालय, गोपीकृष्ण हल पछाडी

समय विहान ११ : ३० बजे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here