क्रान्तिकारी माओवादी काठमाडौंद्वारा सुरु गरिएको अनुकरणीय कदम

125

– हुकुमबहादुर सिंह

माक्र्सवादी सैद्धान्तिक हतियारले कार्यकर्तालाई लैस गराउने अभियानमा नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला कमिटी अहिले जुटेको छ । यसै क्रममा काठमाडौं जिल्ला कमिटीको आयोजनामा करिब ३५ जना जिल्ला र प्रदेशस्तरका कार्यकर्ता तथा नेताहरूको चारदिने स्कुलिङ कार्यक्रम यही साउन २६ गतेदेखि २९ गतेसम्म पार्टी कार्यालय कुपण्डोलमा सफलतापूर्वक सम्पन्न भयो । पार्टी स्कुललाई कसरी नियमित र संस्थागत गराउने सन्दर्भमा पार्टी केन्द्रले २ वर्ष अगाडि विभिन्न प्रदेशबाट छानिएका केही पार्टी सदस्यहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको थियो, जसबाट प्रत्येक प्रदेशका केही नेता तथा कार्यकताहरू प्र्रशिक्षक बन्न सफल भएका थिए । शिक्षासम्बन्धी मनोविज्ञानले यसलाई क्यासकेड मोडलमा प्रशिक्षकहरूको उत्पादन गर्ने भनिन्छ । सामान्य शब्दमा यसलाई अंग्रजीमा त्चबष्ल त्चबष्लभचक तय त्चबष्ल यतजभचक९त्यत्० भनिन्छ । याने प्रशिक्षकहरूलाई यसकारण प्रशिक्षण दिइन्छ ताकि उनीहरूले अरुहरूलाई प्रशिक्षण दिन सकून् । प्रशिक्षणसम्बन्धी यही तरिका ९ःभतजयमययिनथ०को प्रयोगद्वारा सयौको संख्यामा पार्टी प्रशिक्षकहरूको विकास सम्भव हुन्छ र भएको छ । यसरी उत्पादित प्रशिक्षकहरूले आ–आफ्नो जिल्लामा विभिन्नस्तरका स्कुलिङहरू सञ्चालन गर्न सम्भव बन्दछ र काठमान्डौ जिल्लाका प्रशिक्षक क.खगेन्द्र छन्त्यालको समग्र संयोजन र काठमाडौं जिल्लाका पार्टी सेक्रेटरी र इन्चार्ज कमरेडहरूको व्यवस्थापनमा माथि उल्लेखित स्कुलिङ सफलतापूर्वक सम्पन्न भयो र उक्त आधारभूत पार्टी स्कुलिङ कार्यक्रमको उद्घाटन उक्त पार्टीका माहासचिव क.मोहन वैद्य ‘किरण’ले गर्नुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको स्कुलिंगलाई नियमित र प्रभावकारी रूपले चलाउने उद्देश्य अनुसार करीब २ वर्ष अघि पार्टी केन्द्रमा एउटा स्कुल विभाग गठन गरेको थियो र त्यसैको आयोजनामा माथि उल्लेखित प्रशिक्षक प्रशिक्षण स्कुलिंग सम्पन्न गरेर केही प्रशिक्षकहरूको विकास गरेको थियो । त्यसपछि विभिन्न जिल्लाहरूमा तथा प्रदेशमा उत्पादित प्रशिक्षकहरूको पहलमा यस प्रकारका पार्टी स्कुलिंग चल्ने सम्भावना बलियो भएर गएको छ । यसैको एउटा परिणाम र सुरुवात काठमाडौं जिल्ला समितिको पहलमा सम्पन्न गरिएको छ । आधारभूत पार्टी स्कुलिङ नाम दिइएको उक्त प्रशिक्षणमा काठमाडौं जिल्लामा कार्यरत प्रदेश सदस्यहरू र जिल्ला सदस्यहरको सहभागिता थियो । चार दिनसम्म चलेको उक्त आधारभूत पार्टी स्कुलिङको समापन यही साउन २९ गते गरिएको छ । यो स्कुलिङलाई संघर्षसित जोड्ने उद्देश्यअनुसार सोही दिन पार्टी महासचिवको उपस्थितिमा ‘काठमाडौं मार्च अभियान’को उद्घाटन पनि सम्पन्न भएको छ । उक्त उद्घाटित अभियान संघर्ष–संगठन–संघर्षको उद्देश्यमा आधारित रहेर सञ्चालन गरिने भनिएको छ ।

पार्टीको गत केन्द्रीय समितिको निर्णयअनुसार पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्दै जनसम्बन्धलाई कसरी मजबुत बनाउदै लैजाने र जनपरिचालनलाई प्रभावकारी बनाउने उद्देश्य बमोजिम जनसंघर्ष, वर्गसंघर्ष र प्रतिरोध संघर्षलाई उठाउनका लागि जोड दिइएको छ । यसका लागि कार्यकर्ता र नेताहरूको वैचारिक, राजनीतिक र संगठनात्मक क्षमताको विकासलाई उक्त समापन गरिएको स्कुलिङले अभिबृद्धि गर्न ध्यान दिइएको छ ।

उक्त आधारभूत पार्टी स्कुलिङमा माक्र्सवादका तीन संघटक अङगहरू–माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका आधारभूत अवधारणाहरूमाथि प्रशिक्षण दिइएको छ । साथै महिला आन्दोलन र जातीय सवालवारे वैचारिक बहस र छलफलका लागि पनि पार्टी स्कुलिङमा ती शेषनहरू राखिएका थिए । दर्शनको उतपति र विकास, यसका प्रवर्गहरू, माक्र्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद र पार्टीको रणनीति, कार्यनीति, कार्यदिशा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलन, विश्व साम्राज्यवाद, पार्टी संगठन र पार्टीले लिएको वर्तमान कार्यदिशा आदिबारे शेषनमा प्रस्तुत गरिएको थियो ।

यसरी नेपालको कम्युनिस्ट आन्दोलनमा शास्त्रीय माक्र्सवादको बारेमा बहस, छलफलको खडेरी परेको समयमा पार्टीले शास्त्रीय माक्र्सवादमाथि स्कुलिङ चलाएर नेपालमा कम्युनिस्टको नाममा दलाल तथा नोकरशाही पुँजीवाद मौलाउँदै गएको अवस्थामा कार्यकर्ता तथा नेताहरूलाई त्यसबारे बेलैमा प्रशिक्षित गराएको माक्र्सवादको रक्षा र विकासमा एउटा महत्वपूर्ण कदम अगाडि बढाएको छ, जो तत्काल र दीर्घकालीन दुवै दृष्टिले महत्वपूर्ण र अनुकरणीय कदम ठानिएको छ ।  hukumsingh2012@yahoo.com जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here