सगरमाथालाई सगरमाथा नै भन्नुपर्छ, ‘माउन्ट एभरेष्ट’ होइन : प्रधानमन्त्री ओली

216
प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट होइन सगरमाथा नै भन्नु पर्ने जनाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले सगरमाथालाई  सगरमाथा नै भन्नु पर्ने कुरा गरेका हुन् ।

नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो । गैंडालाई अंग्रेजीमा ‘राइनोज’ होईन उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’

प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि सरकार गम्भीर रहेको जानकारी दिए । ४३ देशका ४ सयम भन्दा धेरै प्रतिनिधि कार्यक्रममा  सहभागी  थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here