काठमाडौं / सर्बदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक सुरु भएको हो ।
बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिश्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ सहभागी छन् भने माधवकुमार नेपाल बैठकमा सहभागी भएका छैनन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् ।
यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी छन् ।


















