नेकपा सचिवालयको बैठक सर्‍यो

72

काठमाडौं– पहिलो पटक नेकपाका अध्यक्ष प्रचण्डको अध्यक्षतामा हुनलागेको नेकपा सचिवालय बैठक ११ बजे बस्ने भएको छ। आज दिउँसो १ बजेका लागि बस्ने बैठक ११ बजे सरेको हो।

अध्यक्ष प्रचण्डले यसअघि पार्टी सचिवालय बैठकको नेतृत्व गरेका छैनन्। पार्टीअध्यक्षमा ओली र प्रचण्ड छन्। बैठकको नेतृत्व भने ओलीले गर्दै आएका थिए।

पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सांगठनिक एकता र अन्य निर्णयहरू गरिने जनाइएको छ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिंगापुर गएपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। पार्टी एकताका बाँकी काम टुंगो लगाउन प्रचण्डले बैठक बोलाएर निर्णय गर्ने निर्णय यसअघिको सचिवालय बैठकले गरेको थियो।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायतका एकताका काम हुन बाँकी छ। आजको बैठकबाट पार्टी एकताका बाँकी कामको टुंगो लाग्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here