जातीय राज्य बनाउने डा.भट्टराईको अभिव्यक्तिले देशमा फेरि विखण्डन निम्त्याउछ : भीम रावल

406

कैलाली / नेकपाका नेता  भीम रावलले टीकापुरमै आएर डा. बाबुराम भट्टराईले जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन खोज्नु विखण्डनकारी काम  भएको आरोप लगाएका छन् ।

नेता रावलले बुधबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको भन्दै उनले माक्सवादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन लागेको औँल्याए ।

डा. भट्टराईले केही दिन अघि टीकापुरमा आयोजित एक कार्यक्रममा थारुवानको र अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने जनाएका थिए ।

नेता रावलले भट्टराई जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दुःख पाएको जनाए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here