सरकारले कम्युनिष्टको नाम बदनाम गराए : मोहन वैद्य

186

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सत्तासीन पार्टीहरुले कम्युनिष्टको बद्नाम गराउने काम गरिरहेको आरोप लगाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै वैद्यले जनतामा भ्रम छर्ने काम गरेकोले वर्तमान सरकारलाई कम्युनिष्टको सरकार नभएको पनि टिप्पणी गरे । उनले आफ्नो पार्टीले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा पनि गरे ।  उनले  आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन आफ्नो पार्टीले बहिष्कार गर्ने निर्णय समेत गरेको जानकारी दिए ।

उनले भने,‘सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको छ ।’ उनले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावीसमेत गरे ।

आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपउयुक्त हुने उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here