काठमाडौं / ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ ।
नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ्ग, ब्द्यद्यक्, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारि गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था रहेको छ ।
त्यस्तै यस योजना अन्तर्गत नारी बचत खाताभएका ग्राहकहरुले बैंकबाट कर्जा लिंदा लाग्ने कर्जा प्रवाह शुल्कमा शून्य दशमलब दुई पाँच प्रतिशत छुट दिने बैंकले जनाएको छ । बैंकले हालै आयोजित तीज विशेष कार्यक्रमा उक्त योजना घोषणा गरेको छ । यो योजना एक महिनाको लागि लागू रहने छ ।
हाल बैंकले आफ्ना १४२ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८४ शाखा रहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।


















