धरौटीमा रिहा भएका रवि र युवराजद्वारा उच्च अदालतमा पुनरावलोकन रिट दायर

197

काठमाडौं / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् ।

लामिछानेसँगै शालिकराम मृत्यु प्रकरणमा मुछिएका अर्का अभियुक्त न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले पनि चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलाशमा आदेश बदरको माग गर्दै पुनरावलोकन रिट दायर गरेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई२ ३ लाख रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको थियो । अदालतको उक्त आदेश बेरीतको रहेको दाबी गर्दै बदरको माग लिएर लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौंडा इजलाश पुगेको थाहा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here