कानागावा नेपाली कम्युनिटी जापानले भव्य तीज समारोह सम्पन्न

201

-श्याम क्षेत्री

कानागावा नेपाली कम्युनिटी जापानले भब्य तीज समारोह सम्पन्न गरेको छ । आईतबार योकोहामाको निसीचीकु सेन्टरमा तीजको अवसरमा राखेको कार्यक्रममा नेपाली संगै जापानी पनि तिजको गीत र नाचँमा रमाईएका थिए । सोहि अवसरमा नयाँ कार्यसमितिको समेत घोषणा गरेको छ ।

२ वर्ष कार्यकाल रहेको कम्युनिटीको नयाँ कार्यसमितिमा पुनस् हरी सापकोटाको अध्यक्ष बनेका छन् । कार्यसमितिको उपाध्यक्षमा सिदार्थ श्रेष्ठ महेश अमात्य,धुर्ब कुमार थापा सचिवमा यमाकान्त कंडेल,सहसचीबमा प्रेम प्रसाद कंडेल,टिकाराम कंडेल,कोषाध्यक्षमा गणेशजंग राणा सहकोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य लगाएत रहेका छन।

नयाँ कार्यसमिति घोषणा कार्यक्रममा प्रमुख अतिथि जिज्ञान कुमार थापाले खानागावा नेपाली कम्युनिटिले जापानीहरु बिचको राम्रो सम्बन्ध का कारण पनि हेर्ने नजर अरु कम्युनिटि भन्दा फरक रहेको बताए । हरि सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निबर्तमान सचिव राजेन्द्र श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा महेन्द्र श्रेष्ठ, प्रकाश पौडेल माईला, सविता श्रेष्ठ,देविलाल भण्डारी, राजु कंडेल,ईन्दिरा सुजुकी,टिकाराम खरेल लगाएतको उपस्थीति रहेको थियो । नेपाली संगै जापानीहरुको बाक्लो सहभागी रहेको फेस्टिवलमा कलाकारहरु भावना आचार्य, सुर्य खड्का अमित सापकोटा खेमराज पौडेलको तिज गित प्रस्तुतीले सबैलाई नचाए । कानागावा नेपाली कम्युनिटि जापानमा क्रियाशिल संघसस्थाको भिडमा राम्रो पहिचान बनाएको कम्युनिटि हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here