खोटाङ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ मा पहिलोपटक चियाखेतिको लागि सम्भाब्यता अध्यन गरिएको छ । राष्ट्रिय चिया कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाका प्राविधिकहरुको उपस्थितिमा माटो परिक्षणका साथै चिया खेति सम्बन्धि कृषकलार्इ जानकारी दिइएको वडा अध्यक्ष लिला चौहानले जानकारी दिनुभएको छ ।
खोटाङ जिल्लाको पूर्वी भेगमा पर्ने यो वडामा चिया खेतिको सम्भावनाबारेमा प्रारम्भिक अध्ययन गरिएको हो । राष्ट्रिय चिया कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड झापाबाट प्राविधिक झिकाएर चिया खेतिको अध्ययन गरिएको थियो । चिया खेतिको सम्भावना सम्बन्धी अध्ययन प्राविधिकहरु मीन प्रसाद अगुवा र नवीन कोइरालाले गर्नु भएको अध्यक्ष चौहानले जनाउनु भएको छ ।
प्राविधिकहरुले वडाको माथिल्लो भेगमा चिया उत्पादनको लागि उपयुक्त माटो र हावापानी रहेकोले जनाएका छन् । परिक्षण सफल भएकाले चाडै खोटाङको वडा नं. ८ लाई सुन्दर चिया बगानले सिंगारेर पर्यटकीय स्थल बनाउनमा जोड दिने वडा अध्यक्ष चौहानले जानकारी दिनुभएको छ । त्यस्तै अध्यक्ष चौहानले प्रविधिक अध्ययन र माटो परिक्षणको क्रममा स्थानीयहरुले सहयोग गरिदिएकोमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

















