कालापानीबाट भारतीय सेना हटाउन देजमाेकाे माग

600

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले कालापानीमा अड्डा जमाएर बसेको भारतीय सेना तुरुन्त हटाउनु पर्ने माग गरेको छ । भारतले कालापानी नेपालबाट हटाएर भारतमा पारेको नक्शा नेपाल सरकारका कार्यालयहरुमा टाँग्ने गरिएको र नेपाल सरकारको निशान छापमा समेत कालापानी गायब गरिएको तथ्य सार्वजनिक हुँदा पनि नेपाल सरकारले यसलाई ध्यान नदिएको भन्दै मोर्चाले यस्तो माग राखेको हो ।

भारतीय नक्शामा कालापानी लगायत ६२ वर्ग कि.मि भूभाग भारतमा गाभिएको छ । नापी विभागका उपमहानिर्देशकले यस्तो भएको स्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न संगठनले सरकारको आलोचना गर्दा पनि यसबारे पटकै सरकारले ध्यान नदिएको मोर्चाको आरोप छ । विज्ञप्तिमा भनिएको छ– ‘मुख्यकुरा के हो भने तत्कालीन भारतको बृटिश सरकार र नेपाल सरकारका वीच सन् १८१६ मा भएको सुगौली सन्धीमा नेपाल र भारतको सीमाना कालीनदीको मुहान लिम्पियाधुरालाई मानिएको छ ।

तर त्यसपछिको नेपालले तयार पारेको नक्सामापनि सो भूभाग समेटिएको छैन । त्यसकारण, लिम्पियाधुरा सम्मको जम्मा ३७२ वर्ग किलोमिटरको अतिक्रमित नेपाली भूभाग नेपालकै कायम रहने गरी नक्शा निर्माण गरी त्यसलाई कायम गराउन सरकार सँग हामी जोडदार माग गर्दछौं ।’ नेपाल सरकारले माग पूरा नगरेमा यसका विरुद्ध संघर्ष बाहेक अगाडि अर्को विकल्पबाँकी रहने माेर्चाले जनाएको छ । प्रेस विज्ञप्ति यसप्रकार छ ः–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here