श्रम शोषण अन्त्य गर्न सुधार कार्यक्रम ल्याउँदै सरकार

19

काठमाडौं । सरकारले श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम ल्याउने भएको छ।

संसदमा रहेका छ दलको घोषणापत्र समेटेर मंगलबार सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतापत्रमा सरकारले यस्तो कार्यक्रम लागू गर्ने जनाएको हो। ‘श्रम बजारलाई सुरक्षित, मर्यादित र न्यायपूर्ण श्रम बजार निर्माणका लागि ठगी, ज्याला बक्यौता र श्रम शोषण अन्त्य गर्न व्यापक श्रम बजार सुधार कार्यक्रम लागू गरिनेछ’, पत्रिबद्धतापत्रमा भनिएको छ।

प्रतिबद्धतापत्रअनुसार डाक्टर, नर्स, इन्जिनियर, कृषक, वन, सूचना प्रविधि आदि क्षेत्रका प्राविधिक जनशक्तिलाई देशमै रहेर रोजगारी र व्यवसाय गर्न उत्प्रेरित गरिने, स्थानीय तहमार्फत श्रमिकको आवश्क्ता र उपलब्धिको अनसुन्धान र अभिलेखीकरण गरी श्रमिकको दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here