तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

427

काठमाण्डौ : दु्रतमार्ग तमोर करिडोरको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । पूर्वी पहाडलाई तराईसँग जोड्ने सुनसरीको चतराबाट धनकुटाको मूलघाट, पाँचथरको माझिटार–अमरपुरडाँडा हुँदै गणेश चोक जोड्ने सडकको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ ।

उक्त सडकको पाँचथरस्थित हिलिहाङ–५, सुभाङमा पाँच सय मिटर ट्रयाक पूरा हुन बाँकी रहेको छ । त्यस्तै पाँचथरकै माझिटारमा करीब १२ सय मिटर ट्रयाक पूरा हुन बाँकि रहेको आयोजना हेर्दै आएको मध्यपहाडि लोकमार्गको फिदिमस्थित कार्यालयका सूचना अधिकारी इन्जिनियर सिगु खत्रीले बताए ।

१४८ किलोमिटर दुरीको करिडोरको अन्य स्थानमा करीब ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको इन्जिनियर खत्रीको भनाई छ । आयोजनाको ट्रयाक खोल्नेदेखि ग्रावेल गर्ने सम्मको काम सात वटा प्याकेजमा भइरहेको छ । सडकको ट्रयाक खोल्ने काम २०७४ फागुनदेखि सुरु भएको इन्जिनियर सिगुको भनाई छ ।

करिडोरको गणेशचोक–मुक्तुुराखोला, मुक्तुराखोला खेला–सिवा दोभान, सिवा दोभान–लोरिपा दोभान, लोरिपा दोभान–नावाखोला, नावाखोला–लेउती पुल, लेउती पुलदेखि सानो सफाई धनकुटा र सानो सफाईदेखि चतरा गरी सात प्याकेजमा काम भइरहेको आयोजनाको पाँचथर खण्ड हेर्दै आएका इन्जिनियर लालकिसोर यादवले बताएका छन् । करिडोरको काम सम्पन्न भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुम जिल्ला प्रदेश राजधानीसँग छोंटो दुरीमा जोडिनेछन् । पहाडमा उत्पादिन कृषि उपज तराईका बजारसम्म पु¥याउन समेत सहज हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here