नयाँ दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक (भिडियोसहित)

363

गायक टेक बहादुर अधिकारीकाे नयाँ दशैँ गीत सार्वजनिक भएको छ ।

एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो आईतबार सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा गायक अधिकारीलाई निकै नै लोकप्रिय गायिका गीता देवीले साथ दिएकी छिन् ।

यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई दर्साइएको छ ।

गीतमा शब्द गायक अधिकारीकै रहेको छ, भने लय विष्णु तामाङको रहेको छ । एरेन्ज पनि विष्णु तामाङले नै गरेका छन् ।

भिडियो निर्देशन युवराज खत्रीले गरेका छन् भने छायांकन र सम्पादन पनि खत्रीकै रहेको छ । म्युजिक भिडियोमा नवराज राउत र समिता तामाङको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here