सबै मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन

131

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौताका जिम्मेवारी छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।

 प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समिक्षात्मक बैठकमा बजेट कार्यान्वयनलाई तीव्रता दिन सचेत गराएको कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।

एक महिनाअघि प्रधानमन्त्री ओलीले मन्त्रीसँग र मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गरेका थिए । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बजेट, कार्यक्रम र सम्बन्धित मन्त्रीसँगको कार्यसम्पादन सम्झौतानुसार प्राप्त प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पनि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले त्यसो नगर्न आग्रह गर्दै फाइल बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे ।

उनले भने विकास किन भएन, किन ढिलो हुन्छ भन्ने कारण खोज्नुपर्छ भन्दै खरीद ऐन वा अरु कारणहरु के छन्, एउटै ठेकेदारले क्षमताभन्दा बढी ठेक्का किन लिन्छ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने उल्लेख गरे ।

राजनीतिक प्रभावमा केही ठेकेदारलाई काखी च्यापेर, उनीहरुले जे गरे पनि आँखा चिम्लिएर जाने प्रवृत्ति रोकिनुपर्ने र देशलाई ध्यानमा राखेर स्वच्छता, पारदर्शिता र समुचित ढंगले विकासलाई अगाडि बढाएर जनतामा सन्तुष्टि दिन आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here