बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारीको शाखा कार्यालय उद्घाटन

172

काठमाडौं / काठमाडौंस्थित् नयाँ बानेश्वरमा सम्मान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालय उद्घाटन गरिएको छ ।

शाखा कार्यालयको उद्घाटन पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले गर्नुभएको हो । नेता खाँणले सहकारीहरुले जनताको पैसालाई एकै ठाउँमा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । खाँणले भने, ‘सहकारीको उद्देश्य भनेको जनताको स–साना मूल्यलाई जम्मा गरेर राख्ने हो, सम्मानले जनताको सम्मान गर्नुपर्छ ।’ उनले पछिल्लो समय सहकारी क्षेत्र विकृत भएको समेत जानकारी दिनुभयो ।

सहकारीका सदस्यहरुलाई सहज ढंगबाट सेवा उपलब्ध गराउने हेतुले सहकारीको शाखा स्थापना गरेको संस्थाका कार्यकारी सञ्चालक कल्पित पाण्डेले जनाए । उनले भने, ‘हामीले युवा उद्यमीहरुलाई व्यावसायिक तालिम तथा विभिन्न वित्त सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । नयाँ व्यवसाय गर्न चाहनेहरुलाई समेत हामीले विशेष प्राथमिकता दिँदै आएका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here