टी २० सिरिज नेपालले सिंगापुर विरुद्ध खेल्ने

61

एजेन्सी / सिंगापुरमा जारी त्रिकोणात्मक टी २० सिरिजमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा शुक्रबार जिम्बावेसँग पराजित भएको नेपालले आज दोस्रो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल र सिंगापुरबीचको खेल इण्डियन एसोसिएनसनको मैदानमा साँझ ५ः१५ मा सुरु हुनेछ। आजको खेल सिंगापुरको लागि सिरिजमा पहिलो खेल हो। सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सिंगापुरमाथि जित आवश्यक छ। तर, नेपालसँगको पछिल्लो खेलमा ८२ रनको सहज जित निकाल्दै विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेको सिंगापुर बलियो टोली हो।  नेपाल हिजो भएको सिरिजको पहिलो खेलमा नेपालमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो इनिङमा नेपालले बलिङमा राम्रो सुरुवात गरे पनि जिम्बावेका व्याट्सम्यानहरुले आक्रामक ब्याटिङ गर्दै नेपालमाथि ५ विकेटको जित निकाल्न सफल भए।

इन्डियन एसोसिएसनको मैदानमा टस जितेर ब्याटिङमा नेपालले १३३ रनको सामान्य लक्ष्य दिएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीको सर्वाधिक ४० रन, सोमपाल कामीको १४ बलमा आक्रामक अभिजित २५ रन, पारस खड्काको १८ र  सन्दीप जोराले १७ रन बाहेक अन्य खेलाडीले उल्लेखनिय रन बनाउन सकेनन्।

यता बलिङतर्फ नेपालले उत्कृस्ट सुरुवात गरेको थियो। सन्दीप लामिछानेले जिम्बावेका कप्तानलगायत ३ जना खेलाडीलाई खाता खोल्न नपाउँदै पभेलियन फर्काएपछि नेपाल खेलमा फर्किएको थियो। त्यस्तै पारस खड्काले १ विकेट लिए। तर, अन्य बलरहरु महँगो सावित हुँदा जिम्बावेले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

जिम्बावेका लागि रिचमेन मुटुम्बानीले आक्रामक ब्याटिङ गर्दै जिम्बावेलाई खेलमा फर्काए। रायन् बर्लले अभिजित ४१ रन बनाउदा मुटुम्बानीले २८ बलमा ४० रन बनाए। त्यसबाहेक ओपनर ब्रियान चरीको १९ रन बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन्।

नेपालले दोस्रो खेल आयोजक सिंगापुरसँग आज प्रतिस्पर्धा गर्ने छ। त्यस्तै  फेरि असोज १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here