काठमाडौं / चिनियाँ विमान परीक्षण उडानका लागि काठमाडौंमा अवतरण भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पूर्व परीक्षणका लागि आएको सो विमान दिउँसो १:३० मा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो ।
चीनबाट बोइङ ७४७-८०० विमान काठमाडौं उत्रिएको छ । विमानस्थलको अवस्था निरीक्षण र परीक्षण गर्न विमान काठमाडौं आएको थाहा भएको छ ।
‘रन-वे र ट्याक्सी वेको परीक्षणका लागि विमान आएको हो,’ , ‘विमानस्थल वरपरको हवाई सुरक्षा लगायकता विषयमा चिनियाँ टोलीले निरीक्षण गर्दैछ ।’ नेपाल नागरिक उड्ययन प्राधिकरण स्रोतले जनाएको छ ।

















