सत्ताशक्ति र धनको बलमा बलात्कारको अपराध लुकाउने प्रयास

288

काठमाडौं / समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले सत्ता , शक्ति र धनको बलमा बलात्कार, हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम गरे हिजोका क्रान्तिकारीहरूले गरेको बलिदानको अर्थ नहुने उल्लेख गरेका छन् ।

उनले सत्ता , शक्ति र धनको बलमा बलात्कार र हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले गर्ने गरेको पनि जनाएका छन् । रातो झण्डा ओढ्दैमा असत्य र अन्याय नटिक्ने भट्टराईको भनाई छ ।

उनले लेखेका छन्- ‘सत्ता, शक्ति र धनको बलमा बलात्कार,हत्या जस्ता जघन्य अपराधहरू लुकाउने काम पुराना सत्ताहरूले त गरिरहेकै हुन्। तर अब हिजोका क्रान्तिकारी कमरेडहरूले पनि सत्तामा पुगेपछि त्यही हर्कत गर्ने हो भने त्यत्रो बलिदानको के अर्थ रह्याे र ? रातो झन्डा ओढ्दैमा असत्य र अन्याय टिक्दैन ! सबैलाई चेतना भया ! ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here