विद्यालयमै पढ्न पाउँदा विद्यार्थी खुसी

162

तनहुँ – तनहुँमा अधिकांश विद्यालयमा भौतिक रुपमै शिक्षक र विद्यार्थी विद्यालयमा जुटाएर पठनपाठन गरिएको छ । ग्रामिण क्षेत्रमा अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या पनि कम भएकाले शिक्षक तथा विद्यार्थी विद्यालयमा नै जुटाएर शैक्षिक कार्य अघि बढाइएको शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत भरत बरालले जानकारी दिनुभयो । भानु नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण भएकाले हालसम्म विद्यालय खुलाउने निर्णय नभएको इकाईले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण पुरीले धेरै विद्यार्थी भएकाले सहज अवस्था नरहेकाले ८ वटा समूह बनाएर विद्यालय सेवा क्षेत्रका सामुदायिक भवन, पाटीपौवा, चौतरालगायतका स्थानमा विद्यार्थीलाई भेला गराई २÷३ घण्टा सिकाइ सहजीकरणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । शुक्लाकै तालवेशी माध्यमिक विद्यालयले पनि टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाइ केन्द्र स्थापना गरेको छ । त्यस्तै म्याग्दे गाउँपालिकाको पसले आधारभूत विद्यालयले पनि टोलमै पुगेर विद्यार्थी पढाउन थालिएको जनाएको छ ।

व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माध्यमिक विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चालन शुरु गरेको छ । प्रविधिको पहुँचमा भएका विद्यार्थीलाई अनलाइन माध्यमबाट सिकाई सहजीकरण भइरहेको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले बताउनुभयो ।

‘प्रविधिको पहुँचमा नभएका विद्यार्थीका लागि पनि टोल टोल कक्षा सञ्चालन गर्ने तयारीमा थियौं, नगरपालिकाले कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेपछि सहज भएको छ,’ प्रअ बस्नेतले भन्नुहुन्छ, ‘विहान १० देखि १ बजेसम्म कक्षा १ देखि ६ सम्म र दिउसो १ः३० बजेदेखि ४ बजेसम्म कक्षा ७ देखि १० सम्मका विद्यार्थीको लागि कक्षा सञ्चालन गरिएको छ ।’ ६ वर्ष मुनिका बालबालिकालाई सिकाई सहजीकरणमा समावेश नगराउने, ५० जना सम्म विद्यार्थी भएका विद्यालयले एक बेन्च र अर्को बेन्चको दुरी १ मिटर कायम गरी एक बेच्चमा दुई जनाको बसाई व्यवस्थापन गर्ने ५० देखि १०० जना विद्यार्थी भएकोमा सिफ्ट सिष्टमा सञ्चालन गर्ने, एकसय देखि दुई सय भन्दा बढी भएकालाई दिन बिराएर भए पनि सिफ्ट प्रणालीमा आलोपालो सञ्चालन गर्ने स्कुल बसले सिट क्षमताको ५० प्रतिशत राखेर ओसार पोसार गर्ने जस्ता मापदण्ड बनाई पठन÷पाठन सञ्चालन गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

अनलाईन भन्दा सुरक्षाको मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्दा उपयुक्त लागेको दमौलीस्थित बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा–१० की छात्रा एलिना आलेले बताउनुभयो । सो विद्यालयको माध्यामिक तहका गणित शिक्षक मोहन बस्ताकोटीले गणित विषयमा अधिकांश विद्यार्थी कमजोर हुने भएकाले अनलाईन भन्दा प्रत्यक्ष रुपमा पठनरपाठन गर्दा बुझाउन सहज भएको बताउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here