काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले अहिलेको सत्ताको नेतृत्वले किन महरालाई हतार हतार कारबाही गर्यो भन्दै प्रश्न उठाउनु भएको छ । कार्कीले एकै रातमा सी सी क्यामराका फोटोहरु जम्मा गर्नु र नेतृत्व समक्ष पु¥याउनुका साथै स्थायी समतिको बैठक बसेर उनलाई राजिनामा दिन आदेश दिने काम यति छिटै हुनुले महरा विरुद्ध अपराधीहरुको ठूलै षड्यन्त्र भएको दावी गर्नु भएको छ ।
कार्कीले भन्नु भएको छ — ‘भ्रष्ट र अपरधिहरु कोहि कसैको हुदैन्न। सबै भ्रष्ट र अपराधीलाई ओथरेर बसेको अहिलेको सत्ताको नेतृत्वले किन महरालाई हतार हतार कारबाही गर्यो ? एकै रातमा सी सी क्यामराका फोटोहरु जम्मा गर्नु र नेतृत्व समक्ष पुर्याउनुका साथै स्थायी समतिको बैठक बसेर उनलाई राजिनामा दिने आदेश दिने काम यति छिटो कसरी भयो ? निश्चय नै उनको कमजोरीमा टेकेर उनलाई समाप्त पार्ने सुनियोजित योजना विना संभव थिएन। अवश्य नै महरा कसैको निम्ति खतरा र कुनै कामका लागि वाधक भएको हुनुपर्छ। अन्यथा सबै अपराधी मिलेर एउटा अपराधीलाई यसो गर्नु पर्ने कारण के हुन सक्छ ?’

















