चिनियाँ राष्ट्रपति सी को विमानस्थलमा भव्य स्वागत (लाईभ भिडियोसहित)

219

काठमाडौं / जनगणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणको क्रममा शनिबार अपरान्ह काठमाडौंमा अवतरण गरेका छन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेर स्वागत गरेकी छिन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुगेर स्वागत गरेका छन् ।

 

विमानस्थलमा स्वागत तथा सलामीको कार्यक्रम सम्पन्न भए पश्चात चिनियाँ राष्ट्रपति सी होटल सोल्टीमा पुगेर आराम गरे पश्चात पुनः शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै वार्तालाप हुनेछ । सो वार्तालाप पश्चात आजै होटल सोल्टीमा आयोजित रात्रीभोजमा सरिक हुने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण भएको हो । यसअघि तत्कालिन राजा वीरेन्द्रको निमन्त्रणामा २०५३ साल मंसिर १९–२० मा तत्कालिन राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here