चीनले लिपुलेकमा गरेको गल्ती सच्याउन माग : अध्यक्ष नेपाल

184

काठमाडौं / भारतीय दादागिरी र हेपाहा प्रवृत्ति विरुद्ध जहिले लड्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लिपुलेकका विषयमा नेपाल सरकारले चीनसँग बार्ता गर्नुपर्ने जनाएका छन् । नेपालको सीमा मिचिएका सम्वन्धमा खुला रुपमा बोल्दै आएका अध्यक्ष नेपालले चीनले गरेको गल्ती पनि सच्याउन माग गरे ।

उनले प्रश्न गर्दै भने, ‘सन् २०१५ को मे १५ मा चीन भ्रमणमा रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक भारतको भन्दै संयुक्त प्रेस विज्ञप्तिमार्फत त्यहीँबाट अन्तर्राष्ट्रिय ब्यापार गर्ने भन्दा चीनले आनाकानी नगरी किन हस्ताक्षर गर्यो ? जब कि चीनलाई थाहा थियो नेपाल, चीन र भारतबीचको त्रिपक्षीय बिन्दु लिपुलेक होइन लिम्पियाधुरा हो ।’

उनले यो विषयमा चीनसँग नेपालले बार्ता गर्नुपर्ने भन्दै उक्त गम्भीर त्रुटि तत्काल सच्याउन नेपाल सरकार र जनवादी गणतन्त्र चीन सरकारसमक्ष माम समेत गरे । उनले भने, ‘यो विषयलाई उपेक्षा गरिए मौका पर्दा चीन पनि नेपालको राष्ट्रिय अखण्डताविरुद्ध जान पछि नपर्ने रहेछ भन्ने धारणा नेपाली जनताको मनमा स्थापित हुनेछ । त्यसैले पनि चीनले गल्ती सच्यायनुपर्छ ।’

उनले नेपालका नेताहरुलाई लक्षित गर्दै भने, जुन नेताले आफ्ना कुरा खुलेर भन्न सङ्कोच मान्छ, न्यायपूर्ण दाबीसमेत गर्न डराउँछ र राष्ट्रियतालाई खाली देखाउने दाँत बनाउँछ, त्यो नेपाल आमाको सपूत कसरी हुन सक्छ ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here