जापानमा ६० वर्षयताकै ठूलो आँधी, कम्तीमा ५ जनाको मृत्यु

172

काठमाडौं- जापानमा आएको आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । ६० वर्षयताकै ठूलो आँधी पछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ ।

राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे आएको हगिबास नामको आँधीले वर्षा र पहिरो निम्त्याइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । क्योडो न्युज एजेन्सीका अनुसार आँधीपछिको वर्षा र पहिरोले हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

वर्षापछि आएको पहिरोले घर नै बगाएको छ, जसमा २ जनाको ज्यान गएको छ । बाढीले घर बगाउँदा टोमिकोमा १ पुरुष र टोकियो नजिकैको सागामिहारामा एक महिलाको ज्यान गएको हो । कावासकीको अपार्टमेन्ट, टोचिगी र चिवामा १/१ जनाको ज्यान गएको बीबीसी समाचारमा लेखिएको छ ।

 

क्योडो न्युज एजेन्सीका अनुसार, आँधीका कारण ९० भन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ११ बेपत्ता भएको सरकारी अधिकारीहरूको जनाएका छन् ।

शक्तिशाली आँधीले थप मानवीय तथा भौतिक क्षति पुर्याउन सक्ने आकलन गर्दै जापान सरकारले ७० लाख मानिसलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरेको छ । समाचारहरूमा जनाइएअनुसार, आँधी प्रभावित क्षेत्रका ५० हजार मानिसले घर छाडेर सुरक्षित स्थानमा अहिले आश्रय लिइरहेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here