भारतमा एक नेपाली चेलीको हत्या

71

मोरङ-  भारतमा एक जना नेपाली चेलीको हत्या भएको छ ।

विराटनगर महानगरपालिका–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को भारतको जोगबनीस्थित भेडयारीमा हत्या भएको हो ।

आइतबार उनको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किलोमिटर दक्षिण परमान खोलामा  फेला परेको छ । हत्या भने शुक्रबार नै भएको अनुमान छ ।

मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएकाले हत्या नै भएको प्रहरीको ठहर छ । दाइजोका कारण रञ्जनाको हत्या भएको भारतको जोगबनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले जनाएका छन् ।

भारतीय प्रहरीले अनुसन्धानका लागि मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ । सासू र जेठानी भने फरार रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here