काठमाडौं / समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी सत्ताको साझेदार नभएको जनाउँदै समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने सम्भावना रहेको जनाएका छन् ।
समाजवादी पार्टी गोरखाद्वारा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममामा अध्यक्ष भट्टराईले भने – ‘हामी सत्ताको साझेदार होृइनौं, संविधान संशोधन गर्नका निम्ति तत्काल दुई तिहाइ बहुमत पु¥याउन सरकारलाई साथ दिएका हौं, अरु विषयमा सरकारसँग हाम्रो कुनै चासो छैन्,’ उनले भने ।
भट्टराईले अब बस्ने केन्द्रिय समितिको बैठकले समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने सम्भावना रहेको जनाए। ‘डेढ वर्ष नाघि सक्यो, सरकार संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन ,’ उनले भने, ‘त्यसो हो भने सरकारमा रहिरहनुको कुनै औचित्य रहदैन, यो स्थितमा हामी सरकार बाहिर निस्किएर जनताको पक्षमा जनमत तयार गर्ने र आफनो पार्टीको आधार तयार गरेर जानुपर्ने हुन्छ ।’
भट्टराईले आफ्नो पार्टी सत्ताको निम्ति टाँसिएर बस्ने शक्ति नभएको जनाउँदै समाजवादी पार्टीलाई सरकारको अंगको रुपमा हेर्न नहुने जनाए ।
त्यस्तै उनले बूढीगण्डकी आयोजना गोरखाको मात्र नभएर नेपालको निम्ति विकासको गेम चेन्जर परियोजना भएको जनाए । कमिशनको खेलका कारण तानातान गरेर बुढीगण्डकी परियोजना अलपत्र पारेको भट्टराईले आरोप समेत लगाए ।


















