सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

159

राजविराज / सप्तरीको छुट्टाछुट्टै स्थानमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु हुनाको साथै दुई जना घाइते भएका छन् । जिल्लाको सप्तकोसी नगरपालिका ५ गंगाजली टोलमा सोमबार विहान मोटरसाइकलले ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विहान करिब १ः३० बजेको समयमा मोटरसाइकलले ठक्कर दिँदा सप्तकोसी नगरपालिका १ नयाँ बजार बस्ने असर्फी शर्माको ४० वर्षीय छोरा राजेश शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

कञ्चनपुर–फत्तेपुर भित्री सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जादै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकलले शर्मालाई ठक्कर दिएको हो । सोही दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलिया बस्ने २६ वर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन । उनको टाउको फुटेको छ भने शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाइते उनको स्थानीय पोली क्लिनिक फत्तेपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले बताइएको छ । दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको छ ।

यस्तै राजविराज–रुपनी सडक खण्डको राजविराज नगरपालिका ९ मलेठ स्थित ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका ५ मुसरहनिया बस्ने १९ वर्षीय दिपेश यादवको मृत्यु भएको छ । ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेर घाइते अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको र उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको प्रहरीले जनाइएकाे छ ।

रुपनीबाट राजबिराज तर्फ आउदै गरेको स १ त ४३६९ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउदै गरेको बा ३८ प ७१९५ नम्बरको मोटरसाइकललाई बिहान २ बजेको समयमा ठक्कर दिएका हुन । सोही दुर्घटनामा मोटरसाइकल पछाडी सवार रुपनी गाउँपालिका ५ कै २२ वर्षीय रुपेशकुमार खंगको दुबै खुट्टामा चोट लागेर घाइते भएका छन । उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here