आगामी कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप हुने

301

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक २९ गते एन्फा सोलाडिरीटि कप आयोजना गर्ने भएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले सोलाडिरीटि कप आयोजना गर्ने भएको हो । सोलाडिरीटि कपमा विभिन्न क्षेत्रका टोलीलाई सहभागि गराउने एन्फाको तयारी छ ।

२०७२ सालको भूकम्पपछि एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मर्मत सम्भार नहुँदा फुटबल गतिविधिमा असर परेको भन्दै एन्फाले अब रंगशालाको स्तरोन्नतिपछि ए डिभिजन लिगलाई अझै बढी व्यवस्थित र प्रभावकारी बनाउने उदेश्यले औद्यौगिक प्रतिष्ठान, बैंकर, दूतावास तथा गैरसरकारी संस्थाको सहभागितामा एन्फा सोलाडिरीटि कप गर्ने जानकारी दिएको छ । यसले नेपाली फुटबलमा विभिन्न क्षेत्रबाट सहयोग मिल्ने एन्फाको अपेक्षा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here