१२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरि कार्यक्रम

207

नारद कोहार
कपिलबस्तु ÷ कपिलबस्तु निर्माण व्यवसायी संघ कपिलबस्तुले १२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरिमा विभिन्न कार्यक्रममा गरेको छ ।

संघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ प्रदेश नं. ५ का उपमहासचिव दिनेश हमालले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको जनाए ।

अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन संघ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको जनाए । उनले भने जिल्ला दररेट समितिमा निर्माण व्यवसायी संघ सदस्य रहे तपनि संघको सहि विनै जिल्ला दररेट निर्धारण गरेको आरोप लगाए ।

संघका अध्यक्ष गुन्जन कुमार गुप्ताले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए । अगामी दिनमा संघको आयोजनामा रक्तदान कार्यक्रमको समेत गर्ने उनले जनाए ।

संघका महासचिव सरोज अर्यालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास सम्भव हुने जनाए ।
सो अवसरमा निर्माण व्यवसायी संघले कपिलबस्तु बाल गृहमा रहेको असाहय बालबालिकालाई आज साझा एक छाक खाना खुवाउने संघका कोषाध्यक्ष आशोक कुमार गुप्ताले जनाए ।

प्रभातफेरी संघका कार्यालयबाट जिल्ला प्रशासन, बालगृह हुँदै संघको कार्यालय पुगेर टुङ्गिएको हो । कार्यक्रममा संघका पुर्व अध्यक्ष चन्द्र शेखर श्रेष्ठ, रवि ठाकुर, निर्माण व्यवसायी प्रदीप अग्रहरी लगायत निर्माण व्यवसयी संघका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here