नेकपाका नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल

240

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आइतबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी सदस्य भीम रावललाई ‘हरेक विषयमा प्रवक्ता नबन्‍न’ उपदेश शैलीमा ट्वीट गरेका थिए ।

थापाले लेखेको १२ घण्टा नबित्दै रावलले उपदेश दिने धृष्टता नगर्न सुझाव दिँदै सामाजिक सञ्जालबाटै चेतावनीयुक्त जवाफ दिएका छन्। ‘वालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार’ भएपछि थापाले पार्टी अध्यक्ष भएझैं गरी आदेश/निर्देश दिने गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

 सूर्य थापाको ट्वीटबारे भीम रावलले के लेखे ?

अछाममा एउटा प्रसिद्ध उखान छ– ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि ’ ,अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने। सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ। आफू प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ। मलाई जिम्मेवारीको उपदेश दिने धृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन। वालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भएझैं गरी आदेश/निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे। पार्टी विधानले पार्टीका निर्णित विषयहरुबारे प्रवक्ता वा प्रचार विभागका प्रमुख वा उपप्रमुखले मात्र बोल्न पाउने भनी कतै लेखेको छ किरु पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो किरु म सुदूरपश्चिम प्रदेशको मात्र इञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला। कुनै क्षेत्र वा कमिटीको काममा अरुले हस्तक्षेप गर्ने भन्ने कुरा र पार्टीका निर्णित वा वहसका विषयमा भन्न बोल्न पाउने कुराको भिन्नता सहजै बुझिने कुरा हो। साथै यो व्यवस्था कसैले देश, जनता र पार्टीको बारेमा बोल्न नपाउने, सुगाजस्तो रटेरटाएको कुरा तोकिएको आज्ञाकारीले रामराम भने जस्तो मात्र गर्न पाउने व्यवस्था होइन र नेपाली जनताको बलिदान कुनै निरंकुशताका लागि होइन भन्ने कुरासमेत सबै सचेत नेपालीले जाने बुझेकै विषय हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here