भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेको अवस्थामा अचानक हिउँमा चिप्लिएर भारतीय सेनाका हबिल्दार राजेन्द्र सिंह नेगी पाकिस्तानी भू–भागमा पुगेका हुन् ।
जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई उनी गस्तीको क्रममा हराएको खबर दिइएको थियो । त्यसको केहि दिनपछि हिउँमा चिप्लिएर लड्दा उनी पाकिस्तान पुगेको पत्ता लागेको हो ।
रोजेन्द्रलाई फर्काउन भारतले पहल गरिरहेको बताईएको छ । रोजेन्द्रकी पत्नी राजेश्वरीले आफ्ना पतिलाई सकुशल घर फर्काईदिन समेत अपिल गरेकी छिन।