अमेरिकी आर्मीमा काम गरेका मेकेन्द्रले खुलाए अमेरिकी आर्मीको योजना

135

अमेरिकी सरकारद्वारा अफगानिस्तानमा बसालिएको अमेरिकी सैन्य अड्डामा  लामो समय काम गरेका दाङका मेकेन्द्र भुशालले अमेरिकाले गर्ने क्रुर व्यावहार सहन गाह्रो हुने  जनाएका छन ।

अफगानिस्तान रहेको अमेरिकी आर्मी बेसक्याम्पमा सुरक्षा गार्डको रुपमा लामो समय काम गरेको अनुभव सुनाउदै उनले यो वा त्यो बहानामा अमेरिकी सेना नेपाल भित्र छिर्ने दाउ खोजिरहेकाले ५५ अर्वमा अमेरिकी सेना नेपाल छिर्न दिनु नेपालको अस्मिता बेच्नु जस्तै भएको  जनाए ।

आफुले अफगानिस्तानको काबुल सिटिमा अमेरिकी सेनाको क्याम्पमा सुरक्षा गार्डको रुपमा काम गर्दाको अनुभव भन्दै मेकेन्द्रले एउटा नमिठो घटना यसरी  जनाए । हामी एक दिन काबुल स्थित अमेरिकी सेनाका मेजरको कमान्डमा हिडिरहेका थियौं ।

 बाटामा हिड्दा हिड्दै अचानक एक जना युवती सहित तिनका आफन्तहरु हिडिरहेको मेजरले देखे युवती निकै आकर्षक थिइन् अमेरिकी सेनाका मेजरलाइ ती युवतीको जवानी लुट्न मन लाग्यो ।

उसले आदेश दियो यो युवतीलाई छोपेर ल्याउनु । अनि अमेरिकी सेना गएर त्यसलाई छोपेर ल्याउन खोज्दा उनका आफन्तले अबरोध गरे । अबरोध गर्ने आफन्तलाई त्यही गोलि हानियो र तिनीहरुको शव उठाएर गाडिमै हालियो । अनि अमेरिकी सेना सिधै ब्यारेकमा  छिरेको थियो ।

रातभर पार्टी चल्यो । ती युवतीसंग मेजर लगायतका ठुला पदका सेनाले यौ न प्यास मेटाए । बिहान ती युवतीलाई पनि गोलि हानेर मा रियो र सबैलाई खाडल खनेर व्यारेक भित्रै पुरियो ।

नेपालमा पनि अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत आफ्नो देशको सैनिक शक्ति नेपाल भित्र्याएर अफगानिस्तानको जस्तै हालत बनाउने सक्ने भएकाले सबै समयमै सचेत हुनुपर्ने  जनाए ।

यस्ता कारुणिक घटना आफू अफगानिस्तान हुदा थुप्रै प्रत्यक्ष देख्न पाइएकाले त्यो बर्बरता सहन नेपाललाई मान्य नहुने भन्दै मेकेन्द्रले आफ्नो फेसबुकवालमा यस्तो भन्छन् -हिमाली पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here