माघ १२ गते सभामुख पदका लागि निर्वाचन हुने

75

काठमाडौं  / प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको लागि माघ १२ गते निर्वाचन हुने भएको छ ।

सत्तारुढ दल नेकपा, प्रमु्ख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका ठूला राजनीतिक दलहरुबीच माघ १२ गते निर्वाचन हुने सहमती भएको हो ।

दलहरुबीच सहमती भएसँगै संसद सचिवालयले कार्यतालिका बनाउन सुरु गरेको छ । अपराह्न ४ बजे बस्ने संसदको बैठकमा यसबारे औपचारिक जानकारी गराइनेछ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिइसकेकाले यो बैठकको अध्यक्ष ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने संसद सचिवालय स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here