एजेन्सी / वैज्ञानिकहरुले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पृथ्वीमा प्राप्त गरिरहेका छन्। प्रत्येक १६–१६ दिनमा पृथ्वीले अन्तरिक्षबाट अनौठो रेडियो संकेत पाइरहेको जनाइएकाे छ। रेडियो संकेतहरु ५० करोड लाइटवर्ष टाढादेखि पृथ्वीमा आइरहेका छन्।
सन् २०१८ को सेप्टेम्बरदेखि सन् २०१९ को अक्टोबर ३० सम्म वैज्ञाकिहरुले दर्जनौंपटक अन्तरिक्षबाट रेडियो संकेत प्राप्त गरेका थिए। प्राप्त गरेको रेडियो संकेत हिसाब गर्दा प्रत्ये १६.३५ दिनमा उक्त रेडियो संकेतहरु पृथ्वीमा रेकर्ड गरिएका छन्।
वैज्ञानिकहरुले पृथ्वीमा रेडियो संकेत पठाउने चिज के हो भनेर पत्ता लगाउन सकेका छैनन्। यस विषयमा अनुसन्धान भइरहेको छ।


















